सामग्रीमा जानुहोस्

पुदिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुदिना
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
M. arvensis
वैज्ञानिक नाम
Mentha arvensis
L.

पदिना/पुदिना

पदिना अचारको रूपमा उपभोग गरिने अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पतेना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूटि्रन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुमा भिटामिन 'ए' प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ । पदिना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ । आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने, मासिक धर्मको अवरोध हटाउँछ ।पदिनाले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ । फोक्सोमा जम्मा भएको कफ बाहिर निकाल्नमा पदिनामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पदिना वृद्ध अवस्थाका लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ । यो हिमाली प्रदेशबाहेक तराई पहाड जहाँ पनि पाइन्छ । पदिना बारीको कुना वा डिलतिर थोरै रोपिदिए पनि धेरै फैलिएर जान्छ । सहर बजारमा गमलामै लगाएर पनि प्रशस्त खान सकिन्छ ।

प्रयोग--

मेन्थोल औषधि, सौन्दर्य प्रसाधन, कन्फेक्शनरी, पेय पदार्थ, चुरोट, पान मसाला आदिमा सुगन्धको लागि ठूलो मात्रामा प्रयोग गरिन्छ। यसबाहेक यसको तेलको साथमा नीलगिरीको तेल पनि धेरै रोगहरूमा प्रयोग गरिन्छ। कहिलेकाहीँ यो ग्यास हटाउन, दुखाइ कम गर्न, र गठिया आदिमा पनि प्रयोग गरिन्छ। रासायनिक संरचना जापानी टकसाल मेन्थोलको प्राथमिक स्रोत हो। ताजा पातमा ०.४-०.६% तेल हुन्छ। तेलका मुख्य घटकहरू मेन्थोल (65-75%), मेन्थोन (7-10%) र मेन्थाइल एसीटेट (12-15%) र टर्पेनेस (पाइपाइन, लाइकोनेन र क्याफेन) हुन्। तेलको मेन्थोल प्रतिशत पनि वातावरणको प्रकारमा निर्भर गर्दछ। सामान्यतया गर्मी क्षेत्रमा बढी हुन्छ।

पोषक तत्व--

पुदिना भित्र ऊर्जा, कार्बोहाइड्रेट, प्रोटिन, नियासिन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, आइरन, म्याग्नेसियम र क्याल्सियम जस्ता धेरै पोषक तत्वहरू पाइन्छ।

प्रकार--

पुदिनाका ७,५०० भन्दा बढी प्रजातिहरू छन्। पुदिनाका प्रजातिहरू नियमित रूपमा हाइब्रिडाइज हुन्छन्, स्वाभाविक रूपमा विभिन्न प्रजातिहरू सिर्जना गर्छन्। यो निश्चित विशेषताहरू बाहिर ल्याउन र बिरुवालाई विशिष्ट स्वादहरू प्रदान गर्नको लागि धेरै प्रजनन गरिएको छ। यसकारण संसारमा भुइँकटहर,अदुवा, कागती लगायत धेरै प्रकारका पुदिनाका बोटहरू पाइन्छन्। चकलेट पुदिना, भुइँकटहरे पुदिना, स्याउ पुदिना ,पेन्निरोयल पुदिना, पानी पुदिना, घोडे पुदिना, बिराले पुदिना, केरा फल पुदिना, अङ्गुर फल पुदिना, मोरक्कन पुदिना, स्ट्रबेरी पुदिना, घुङ्ग्रिङे पुदिना, स्पिकाटा पुदिना,सुआभायोलेन्स पुदिना, बुद्दलिया पुदिना, कागजी पुदिना, स्पेयर पुदिना, ल्याभेन्डर पुदिना, कोर्सिकन पुदिना, क्याला पुदिना, लिकोरिस पुदिना, तुलसी पुदिना, अदुवा पुदिना, इजिप्टियन पुदिना, मकै पुदिना आदि। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]