सोताङ गाउँपालिका
स्वरूप
सोताङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३४′N ८६°२३′E / 27.56°N 86.39°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | खिलराज बस्नेत (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | अञ्जु नाछिरिङ राई (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०३ किमी२ (४० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ९,०२५ |
• घनत्व | ८८/किमी२ (२३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३८ |
केन्द्र | साविकको सोताङ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
सोताङ गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[३][४] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका सोताङ, गुदेलको वडा नं. (८ र ९) र पावै गाउँ विकास समितिहरूलाई समेटेर सोताङ गाउँपालिका बनाइएको थियो।[५] यसको क्षेत्रफल १०३ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको सोताङ गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा महाकुलुङ गाउँपालिका, पश्चिममा दुधकोशी र दुधकौशिका गाउँपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।[६]
���नसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोताङ गाउँपालिकाको कुल जनसङ्ख्या ९,०२५ रहेको छ भने यहाँ २,२९६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला समन्वय समितिको कार्यालय, सोलुखुम्बु, नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१९ मिति