बर्बरीक
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अप्रिल २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
यिनको यो नाम यिनको लामो र बाक्लो कपाल हुनको कारण भएको हो। यी महान पाण्डव भीमका पुत्र घटोत्कच र नाग कन्या अहिलवतीका पुत्र हुन्। बाल्यकालदेखि नैं ती धेरै वीर र महान योद्धा थिए। उनले युद्ध कला आफ्नो सामान्याबाट सिके। भगवान शिवको घोर तपस्या गरेर तिनलाई प्रसन्न गरे र तीन अभेध्य बाण प्राप्त गरे र तीन बाणधारीको प्रसिद्ध नाम प्राप्त गरे। अग्नि देवले प्रसन्न भएर तिनलाई धनुष प्रदान गरे, जो तिनलाई तीनै लोकमा विजयी बनाउन समर्थ थिए ।
महाभारतको युद्ध कौरवहरू र पाण्डवहरूका बीच अपरिहार्य भएको थियो, यो समाचार बर्बरीकलाई प्राप्त भयो र तिनको पनि युद्धमा सम्मिलित हुने इच्छा जागृत भयो। जब उनी सामान्याबाट आशीर्वाद प्राप्त गर्न पुगे तब सामान्यालाई कमजोर पक्षको साथ दिने वचन दिए। उनी आफ्नो नीलघोडा, जसको रंग नीलो थियो, मा तीन बाण र धनुषका साथ कुरूक्षेत्रको रणभूमि तर्फ अग्रसर भए।
उनको परीक्षा लिनका लागि ब्राह्मण भेषधारी भगवान् कृष्णले बाटोमा आएर सोध्नु हुन्छ– कहां जान थालेको हो? बर्बरीकले पाण्डवहरू कमजोर भएकोले सघाउन जान थालेको बताउंछन् । र आफू कमजोरको पक्षबाट लड्न जान थालेको बताउँछन् । यस्तो कृत्यले कुरुक्षेत्र युद्धको परिणामलाई अनिश्चित गराउने भएकोले भगवान् कृष्णले उनलाई रोक्ने प्रयास गर्नुभयो । तर उनले आमाको आज्ञापालन गर्ने बताउँदै युद्धमा अवश्य जाने र युद्ध हेर्ने कुरा बताउँछन् ।
भगवान् कृष्णले सोध्नु हुन्छ– यस पीपलको रुखका सबै पातमा प्वाल पार्न सक्छौ ? उसले तत्काल एउटा तीर निकालेर हान्छ । उनका तीरले पीपलका सबै पात छेडेर कृष्णको गोडा वरिपरि घुम्न थाल्छ किनभने भगवान् कृष्णले एउटा पात आफ्नो खुट्टा मुनि लुकाउनु भएको थियो ।
बर्बरीकले भन्छ– कृपया गोडा हटाउनु होस् अन्यथा यसले तपाईँलाई हानि पुर्याउन सक्छ ।
ब्राह्मण वेशधारी कृष्णले उसंग वर माग्छन् । बर्बरीकले आफ्नो बलबुतामा भएका सबै कुरा दिने वाचा गर्छन । कृष्णले उनको शिर दान माग्छन् । उनले शिर दान दिन्छन तर आफूलाई कुरुक्षेत्र युद्ध हेर्ने इच्छा भएको बताउंछन । अनि कृष्णले उनको टाउको नजिकको पर्वतको शिखरमा लगेर स्थापित गर्छन् ।
युद्ध समाप्त भएपछि युद्ध कसको कारणले जित्न सकियो यस बारेमा पाण्डव दाजुभाइहरूमा बहस हुन्छ । भगवान् कृष्णले यस कुराको निर्णय गर्न बर्बरीकको शिर पर्वतमा राखिएको बताउनु हुन्छ । सबै पर्वतमा सोध्न पुग्छन् । बर्बरीकले के बताउंछन भने युद्धमा जताततै भगवान् कृष्णको सुदर्शन चक्र मात्र युद्धरत थियो र श्रीकृष्णको आदेशमा महाकाली र दुर्गाले भांडोमा रगत थाप्दै खांदै गरिरहेको देखेको बतायो ।
भगवान् कृष्णले बर्बरीकलाई कुरुक्षेत्र युद्धको सर्वाधिक वीर योद्धाको उपाधि दिंदै संसारले उसको पूजा गर्ने वरदान दिनु भएको थियो । त्यसैले उसको खाटू श्यामको रूपमा मन्दिरहरु निर्माण भएका छन् ।