जङ्गल
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठल��ई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
जंगल भनेको भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्छन्। जंगललाई वनको नामले पनि चिनिन्छ । कुनै पनि स्थलको प्राकृतिक भू–वनोटको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रूपमा पनि लिईन्छ । जंगलले वातावरणमा स्वच्छ हावा पानी समेत प्रदान गर्दछ ।
वनको प्रकारःमुख्य ६ प्रकार
- उष्ण वन: मुख्य प्रजातिहरूः साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल आदि ।
- उपोष्ण वन: मुख्य प्रजातिहरूः खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि ।
- समशितोष: मुख्य प्रजातिहरूः सानो फलांट, ठूलो फलाँट, बांझ, गोब्रे सल्ला आदि ।
- शितोष्ण वन: मुख्य प्रजातिहरूः बांझ, गुरास, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि ।
- सब अल्पाइनवन: मुख्य प्रजातिहरूः बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि ।
- अल्पाइन: मुख्य प्रजातिहरूः झाडीदार धुपी रगुराँसहरु ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा जङ्गल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।