खुजदार जिल्ला
खुजदार जिल्ला | |
---|---|
देश | पाकिस्तान |
प्रदेश | बलुचिस्तान |
स्थापना | १९७४ |
सदरमुकाम | कलात विभाग |
सरकार | |
• प्रमुख आयुक्त | महम्मद हासीम घलाजाय |
• प्रहरी प्रमुख | महम्मद जाफर अली |
क्षेत्रफल | |
• जम्मा | ३५,३८० किमी२ (१३६६० वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | ८०२,२०७ |
• घनत्व | २३/किमी२ (५९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
तहसीलको सङ्ख्या | ४ |
खुजदार जिल्ला (उर्दु: خُضدار ) पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको एक प्रमुख जिल्ला हो । यस जिल्लाको सदरमुकाम खुजदार शहर हो ।
स���् १९७४ यस जिल्लाको स्थापना भन्दा पहिला यो जिल्ला कलात जिल्लाको एक भाग थियो । नोभेम्बर १९९० मा खुजदारको इलाकाको भाग अवारा जिल्ला बनाउनको लागि विभाजित भएको थियो ।
जानकारी
[सम्पादन गर्नुहोस्]बलुचिस्तानमा पानीको अभाव, सुख्खा मौसम र प्रचुर मात्रामा बाँझो जमिनका कारण यस प्रदेशको जनसङ्ख्या अन्य प्रदेशको तुलनामा कम हुने गरेको छ । खुजदार जिल्लाको सदरमुकाम शहर खुजदार शहर हो जुन बलुचिस्तानकै सबै महत्त्वपूर्ण शहर को रूपमा रहेको छ । खुजदार शहर पाकिस्तान राष्ट्रिय राजमार्गमा अवस्थित छ जसले पाकिस्तानसँग इरान र टर्कीलाई जोड्छ । य��� शहर कराचीबाट ४०० किलोमिटर र क्वेटाबाट ३०० किलोमिटरको दुरीमा पर्छ जुन शहर पाकिस्तानकै दुई प्रमुख शहर हुन् ।
अरब शासनको समयमा यस क्षेत्र टुरान प्रदेशको रूपमा स्थापित भयो जसको सदरमुकाम खुजदारलाई राखिएको थियो । यो एक महत्त्वपूर्ण सैनिक आश्रयस्थल बनेको थियो जसलाई अरबी प्रमुखहरूले भारतीय सेनालाई आदेश दिने गरेका थिए । पछि खुजदार कलात प्रदेशको एक भाग बनेको थियो । सन् १८७९ मा यो स्थानमा झलावान जाती र कलातका खानको बिच युद्ध भऐको थियो जुन युद्धमा कलातका शासक मिर खुदा खानको जित भएको थियो । यस शहरको नजिकै अरबहरू द्वारा निर्मित पुरानो किला को खण्डहरू रहेका छन् । १ मार्च १९७४ मा यो शहर विभाजित भएर छुट्टै जिल्ला बनेको थियो । यस जिल्लामा हाल चार तहसीलहरू रहेका छन् । यस जिल्लाका प्रमुख जनजाति बजानो, जाटक, हसनी, सिपाड, मोसियानी जहारी, जरकजाइ, अहमदजी आदि हुन् । खुजदार नजिक सैनिको एक ठूलो आश्रयस्थल रहेकोदछ जुन क्वेटा पछि बलुचिस्तानकै सबैभन्दा धेरै सैनिक भएको शहर हो । खुजदारमा एक विश्वविद्यालय रहेको छ जसको नजिकका एक राष्ट्रिय विमानस्थल रहेको छ ।[२]
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ५,१७०,०० रहेको छ जसमध्य २८ % मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् । सन् २०१२ मा यस जिल्लाको जनसङ्ख्या ९,२५०,०० रहेको छ भन्ने अनुमान गरेका छन् जसमध्य ९९ % मानिसहरू इस्लामी हुन् । यस जिल्लामा मानिहरू मुख्यतया ब्राहुई भाषा बोल्ने जनजाति बसोबास गर्छन् । १९८१ का जनगणना अनुसार यस जिल्लाको प्रमुख भाषा ब्राहुई रहेको थियो जसमा कुल जनसङ्ख्याको ८२% मानिसहरू रहेका थिए भने १३% मानिसहरू बलूची भाषा बोल्ने गरेको तथ्यााङ्कले जनाएको थियो । सन् १९९८ को जनगणनाले ब्राहुई भाषा बोल्ने मानिको तथ्याङ्क जम्मा गर्न सकेन भने कुल जनसङ्ख्याको ९६.७% मानिसहरू बलूची भाषा बोल्ने र १% पञ्जाबी भाषा बोल्ने मानिसको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
शिक्षा
[सम्पादन गर्नुहोस्]पाकिस्तान जिल्ला शिक्षा बरियता २०१७ का अनुसार खुजदार जिल्ला कुल १४१ मा १२२ अौँ स्थानमा रहेको छ । यस बरपयताले जिल्लाको सिक्ने क्रम, लैङ्गकि अनुपातको पनि मापन गर्छ । सन् २०१४-१५ को अनुसार १० वर्ष माथिका मानिसहरूको साक्षरता दर ४५% रहेको छ जसमा महिलाको साक्षरता दर मात्र २६% छ । यस शहरमा उच्च विद्यालयको अभाव छ जसमा प्रथमीक विद्यालय कुल विद्यालयको ८७% रहेको छ भने उच्च विद्यालय मात्र ५% रहेको छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "२०१७-पाकिस्तानको जिल्ला अनुसारको जनसङ्ख्या", पिबिएस सेन्सस। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
- ↑ खुजदार विश्वविद्यालय
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- खुजदार जिल्ला
- बलुचिस्तानको आधिकारिक वेबसाइट
- खुजदार जिल्ला वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२६ मिति
- बलुचिस्तान प्रहरीको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-���१-०६ मिति