सामग्रीमा जानुहोस्

तुलसीपुर राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मु���्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
तुलसीपुर राज्य
राज्य
१६औँ शताब्दी–सन् १८५९

आग्रा र अवधको संयुक्त प्रान्त
राजधानीतुलसीपुर, उत्तर प्रदेश
जनसङ्ख्या 
• सन् १८८१
१३२१७५
इतिहास
इतिहास 
• मुगल साम्राज्यको राज्य
१६औँ शताब्दी
• ब्रिटिश भारतमा विलय
सन् १८५९
पूर्ववर्ती
उत्तरवर्ती
मुगल साम्राज्य
नेपाल अधिराज्य
उत्तर-पश्चिमी प्रान्तहरू
नेपाल अधिराज्य
वर्तमान क्षेत्रभारत
नेपाल
तुलसीपुर वंशका चौहान सरदार हरदयाल सिंह
४९औँ चौहान (तुलसीपुरका ठाकुर प्रचण्ड सिंह)

तुलसीपुर राज्य भारतको अवध क्षेत्रको एउटा सानो राज्य थियो जुन पछि ब्रिटिस राजअन्तर्गत आगरा र अवधको संयुक्त प्रान्त बन्यो। तुलसीपुरको सिमानाशिवालिकहरूको डुन्डवा पर्वतमालाभन्दा उत्तरतिर दाङ र देउखुरी उपत्यका फैलिएको थियो। दाङ र देउखुरी उपत्यका पछि नेपालको भाग बन्यो। यो परम्परागत रूपमा थारू जाति बसोबास गर्ने क्षेत्रहरू मध्ये एक थियो।

तुलसीपुर राज्य लगभग १५० गुणा १५० माइल थियो।  यसको सिमाना उत्तरमा सल्यान राज्य (नेपाल) र प्युठान, दक्षिणमा बलरामपुर रियासत (भारत), पूर्वमा मादी नदी (नेपाल) र अर्नाला नदी (बस्ती, भारत) र पश्चिममा बहराइच (भारत) थियो।

सन् १७८६ मा विलय हुनु अघिसम्म,[] तुलसीपुर राज्यलाई पहाडी क्षेत्र केन्द्रित बाइसे राज्य मध्ये एक राज्यको रूपमा गणना गरिएको थियो।

इतिहास

परम्पराअनुसार तुलसीपुरको उत्पत्ति पौराणिक श्रावस्ती राज्यमा पुग्छ।[]

तुलसीपुर-दाङका राजाहरू चौहान राजपूत खानदानका थिए। उनीहरूलाई ठाकुर उपाधिले सम्बोधन गरिन्थ्यो । चौघेरा (घोराही, दाङ) बाट उनीहरूले दाङ र देउखुरी उपत्यका साथै शिवालिकहरू दक्षिणमा तुलसीपुर राज्य वरपरका क्षेत्रहरूमा शासन गरे, जुन अहिले भारतमा छ।[]

नेपालको एकीकरणको समयमा, शिवालिक र उत्तरका उपत्यकाहरूको भाग नेपाललाई दिइएको थियो। बाँकी भुभाग, भारतको अवध सामन्त राज्य तुलसीपुर राज्यको रूपमा परिचित भए।[]

सन् १८५० को दशकमा शासक परिवारमा सम्पत्तिको लागि आन्तरिक द्वन्द भयो[] र सन् १८५६मा ब्रिटिस इस्ट इन्डिया कम्पनीले राजालाई दबाब दिन सशस्त्र सेना पठायो। राजा आफूले उठाएको मालमोत(जग्गा राजस्व) कम्पनीलाई दिन अस्वीकार गर्दै आएकाधेरै तालुकुदारहरू मध्ये एक थिए, र अब कम्पनीले हालको राजस्व मात्र नभई बक्यौता पनि खोजिरहेको थियो।[]१८५७ को भारतीय विद्रोहको समयमा, तालुकदारका ५०० जना मानिसहरूले लखनऊको घेराबन्दी विद्रोही बलको हिस्सा बनेका थिए र [] तुलसीपुरकी रानी ईश्वरी देवी एक प्रमुख व्यवस्था विरोधी व्यक्तित्व थिइन्।[][] []

विद्रोहपछि , १८५९ मा तुलसीपुर राज्य ब्रिटिस राज द्वारा विलय  गरियो, उत्तर-पश्चिमी प्रान्त र अवध, ब्रिटिस भारतको प्रान्तहरू मध्ये एकको हिस्सा बन्यो।[]

सन्दर्भ सामग्रीहरू

  1. Bouillier (1993), p. 29
  2. २.० २.१ २.२ Bouillier (1993).
  3. Mukherjee (2002), p. 25
  4. Mukherjee (2002), p. 39
  5. Mukherjee (2002), p. 94
  6. Bala & Sharma (1986), p. 57
  7. ७.० ७.१ Gonda.
  8. Mukherjee (2002).

ग्रन्थसूची